आइएमई पेमा एक रुपैयाँको खेल खेल्दा अल्टिमा लाइफस्टाइलका प्रडक्ट उपहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

आइएमई पेमा एक रुपैयाँको खेल खेल्दा अल्टिमा लाइफस्टाइलका प्रडक्ट उपहार



काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे ” ले यहि माघ महिना देखि आफ्नो एपमा “अहिले नखेले कहिले ” नामक एकको खेल सार्वजनिक गरेको छ ।

यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ एक खेल सुरु गरेको छ साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ ।

आइएमई पे एपका प्रयोगकर्ताहरूले एकमा आफुलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन् । यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट-अल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पेल मार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ साथै प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ २०८० देखि माघ ८ २०८० सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५५ अतिरिक्त छुट(सम्म) पनि प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ७ माघ २०८०, आईतवार १७:२५