लुम्बिनी विकास बैंककाे यस्ताे छ वित्तिय सूचक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लुम्बिनी विकास बैंककाे यस्ताे छ वित्तिय सूचक



काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ। बैंकले यस अवधिमा २१ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १८‍.६९ प्रतिशतले कम हो ।

गत वर्ष यो बैंकले २६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ७.५१ प्रतिशतले घटेर ८५ करोड ९४ लाख रुपैयाँ कायम भएको छ । सञ्चालन नाफा ३६ करोड ३१ लाखबाट बढेर ४६ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

यसको वितरणयोग्य नाफा एक करोड ५० लाख रुपैयाँ रहेको छ । लुम्बिनीको खराब कर्जा दर ३.२४ प्रतिशत विन्दुबाट बढेर ३.५५ प्रतिशतमा पुगेको छ । हाल यस बैंकको चुक्ता पुँजी तीन अर्ब ५१ करोड ८१ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा दुई अर्ब ७२ करोड रुपैयाँ जम्मा रहेको छ । यस बैंकको प्रतिसेयर आम्दानी तीन रुपैयाँ ३६ पैसाले घटेर १२ रुपैयाँ सात पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १७७ रुपैयाँ ८४ पैसा रहेको छ ।

प्रकाशित : ७ माघ २०८०, आईतवार १६:०७