ज्योति विकास बैंककाे नाफामा उल्लेख्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ज्योति विकास बैंककाे नाफामा उल्लेख्य सुधार



काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यस अवधिसम्म आइपुग्दा बैंकले खुद नाफामा उल्लेख्य सुधार गरेको छ।

बैंक नाफा दोस्रो त्रैमाससम्म १९०.६७ प्रतिशतले बढेर १० करोड १० लाख रुपैयाँ कायम भएको छ । गत वर्षको यसैअवधिमा बैंकले तीन करोड ४७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी २.३६ प्रतिशतले घटेर एक अर्ब १२ करोड रुपैयाँमा झरेको छ । यता, बैंकको सञ्चालन नाफा भने १९६.७३ प्रतिशतले बढेर १४ करोड ७३ लाख रुपैयाँ कायम भएको छ । पुस मसान्तसम्म आइपुग्दा ज्योतिको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेर चार रुपैयाँ ६० पैसा ९वार्षिक० कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी एक रुपैयाँ ६३ पैसा ९वार्षिक० रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ०१ पैसा रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी चार अर्ब ३९ करोड रुपैयाँ छ । यसको रिजर्भकोषमा एक अर्ब ६९ करोड रुपैयाँ छ । ज्योतिको वितरणयोग्य नाफा २४ करोड ८४ लाख रुपैयाँ छ ।

प्रकाशित : ७ माघ २०८०, आईतवार १५:२१