मुक्तिनाथ विकास बैंकको नाफामा गिरावट, अन्य सूचक कस्ताे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुक्तिनाथ विकास बैंकको नाफामा गिरावट, अन्य सूचक कस्ताे ?



काठमाडौं । मुक्तिनाथ विकास बैंकको नाफामा ३२ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको नाफा ३२ प्रतिशत अर्थात २० करोड रुपैयाँले घटेको हो । पुस मसान्तसम्म बैंकले ४२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत वर्ष सोही अवधिमा बैंकको नाफा ६२ करोड ६२ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा यस वर्ष २० करोड रुपैयाँले नाफा घटेको हो ।

कुल नाफा सँगै बैंकको वितरणयोग्य नाफा पनि ऋणात्मक देखिएको छ। बैंकको वितरणयोग्य नाफा ३१ करोड ७२ लाख रुपैयाँले ऋणात्मक रहेको हो । गत वर्ष सोही अवधिमा बैंकको वितरणयोग्य नाफा छ करोड तीन लाख रुपैयाँ थियो ।

यस्तै बैंकको निष्कृय कर्जा पनि बढेर २.५ प्रतिशतमा पुगेको छ । गत वर्ष यस्तो कर्जा ०.९८ प्रतिशतमा थियो ।

प्रकाशित : ७ माघ २०८०, आईतवार १५:००