गरिमा विकास बैंककाे नाफा ५१ करोड माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गरिमा विकास बैंककाे नाफा ५१ करोड माथि



काठमाडौं । गरिमा विकास बैंकले ५१ करोड रुपैयाँ माथि नाफा कमाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ५१ करोड २५ लाख रुपैयाँ नाफा कमाएको हो । गत वर्ष बैंकको यस्तो नाफा ५० करोड २१ लाख रुपैयाँ रहेकोमा यस वर्ष एक करोड चार लाख रुपैयाँले बढेको हो ।

पुस मसान्तसम्म बैंकको वितरण योग्य नाफामा भने कमी आएको छ । गत वर्ष बैंकको वितरण योग्य नाफा २१ करोड ४९ लाख रुपैयाँ रहेकोमा चालु वर्षको पुस मसान्तसम्म यस्तो रकम दुइ करोड ३१ लाख रुपैयाँ मात्रै रहेको छ।

बैंकको निष्कृय कर्जाको रेसियो पनि गत वर्षको तुलनामा १.०६ प्रतिशतले बढेको हो । गत वर्षको पुस मसान्तसम्म यस्तो कर्जा १.८९ प्रतिशत थियो भने चालु वर्ष २.९५ प्रतिशतमा पुगेको हो ।

यस्तै बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ६ पैसा छ भने प्रतिसेयर नेटवर्थ एक सय ४५ रुपैयाँ ४.४७ पैसा रहेको छ ।

प्रकाशित : ७ माघ २०८०, आईतवार १४:५५