माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको एक करोड १२ लाख ३२ हजार ४९४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले माघ ५ गते देखि संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,संघ संस्था,फर्म वा कम्पनीले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको माछापुच्छ्रे क्यापिटलमा आईपुग्ने गरी आफुले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरि बोलपत्र पेश गर्नुपर्नेछ । सेयरको न्यूनतम मूल्य ११३ रुपैयाँ तोकिएको छ ।

सेयर बोलकबोलका लागि आवेदन पेश गर्दा न्यूनतम एक लाख कित्ता र अधिकतममा सम्पूर्ण सेयर संख्या खरिदका लागि आवेदन पेश गर्न सकिनेछ । इच्छुक लगानीकर्ताले माघ १५ गतेभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

प्रकाशित : ५ माघ २०८०, शुक्रबार १०:५८