स्वास्थ्य बीमा कार्यक्रममा बोर्डले घटायो टिकट शुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

स्वास्थ्य बीमा कार्यक्रममा बोर्डले घटायो टिकट शुल्क

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गरिएपछि स्वास्थ्य बीमा बोर्डले ओपीडी र इमर्जेन्सीको टिकट शुल्क घटाएको छ। बोर्डले ८ माघदेखि लागू हुने गरी ओपीडीमा ५० र इमर्जेन्सीमा १०० रुपैयाँ टिकट शुल्क कायम गरेको हो। यसअघि स्वास्थ्य बीमा सुविधा थैलीमा ओपीडीको २०० र इमर्जेन्सीको ४०० रुपैयाँ टिकट शुल्क थियो । स्वास्थ्य बीमामा सहभुक्तानी प्रणाली माघ १ गतेदेखि लागू गरिएको छ। उपचार रकमको १० प्रतिशत रकम बीमित आफैंले तिर्ने भएपछि बोर्डले टिकट शुल्क घटाएको हो। बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएपछि सेवा पाउन तीन महिना पूरा भएको हुनुपर्ने व्यवस्था परिवर्तन गरी २ महिना कायम गरेको छ।

प्रकाशित : ५ माघ २०८०, शुक्रबार ०७:३२ 19 January, 2024 7:32 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।