२० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

२० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस ४ गते बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बोलकबोलको माध्यमबाट निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले बिहीबार १४ दिनका लागि अपरान्ह २ बजे बोलकबोल गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्। यो निक्षेप संकलन उपकरणको आगामी माघ १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने पनि राष्ट्र बैंकले बताएको छ। बुधबार पनि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट संकलन गरेको थियो ।

प्रकाशित : ४ माघ २०८०, बिहीबार १३:१२