कामना सेवा विकास बैंकको खुद् नाफा बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कामना सेवा विकास बैंकको खुद् नाफा बढ्यो



काठमाडौं । कामना सेवा विकास बैंकको खुद नाफा बढेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा खुद नाफा ३२.१८ प्रतिशत बढेर २५ करोड ८९ लाख रुपैयाँ पुगेको छ । बैंकले एक सूचना जारी गर्दै खुद नाफा बढेको जनाएको हो । गत वर्षको सोही अवधिमा बैंकले १९ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

त्यस्तै, पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । ब्याज आम्दानी ६.२३ प्रतिशतले घटी ९५ करोड ८८ लाख रुपैयाँ गरेको छ, जुन गत वर्षको सोही अवधिमा १ अर्ब २ करोड २६ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको नेट फि एन्ड कमिसन आम्दानी १२ करोड ३२ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब १६ करोड रुपैयाँ, सञ्चालन नाफा ३७ करोड रुपैयाँ र वितरणयोग्य नाफा १०.६४ प्रतिशत अर्थात् १७ करोड ४५ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।

बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड रुपैयाँ, जगेड कोष १ अर्ब ५१ करोड रुपियाँ, निक्षेप संकलन ६१ प्रतिशत बढेर ५६ अर्ब २० करोड ६४ लाख रुपैयाँ र कर्जा प्रवाह १ प्रतिशत बढेर ४३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।

बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (इपिएस) ३.३१ रुपियाँ बढेर १५.७८ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५१.६१ रुपैयाँ छ ।

त्यसैगरी, बैंकको खराब कर्जा दर पनि घटेको देखिएको छ । गत वर्ष ३.७० प्रतिशत खराब कर्जा रहेकामा पुससम्म आइपुग्दा घटेर खराब कर्जा ३.४२ प्रतिशतमा झरेको छ । यस्तै, आधार दर ११ प्रतिशत, कर्जा निक्षेप (सीडी) रेसियो ८०.४१ प्रतिशत रहेको बैँकले जनाएको छ ।

प्रकाशित : ४ माघ २०८०, बिहीबार ०७:४६