एनएलजी इन्स्याेरेन्सले ५.७८ प्रतिशत लाभांश दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनएलजी इन्स्याेरेन्सले ५.७८ प्रतिशत लाभांश दिने घोषणा



काठमाडौं । एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडले लाभांश दिने घोषणा गरेको छ । यस कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

जसध्ये ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । अब नियामक बिमा प्राधिकरण र कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रक्रिया अघि बढ्ने छ ।

प्रकाशित : २९ पुष २०८०, आईतवार १२:००