कामना सेवा विकास बैंकले पनि घटायो ब्याजदर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कामना सेवा विकास बैंकले पनि घटायो ब्याजदर



काठमाडौं । कामना सेवा विकास बैंकले ब्याजदरमा कटौति गरेको छ । बैंकले माघ १ गतेदेखि लागु हुने गरी मुद्दती निक्षेपको ब्याजदरमा ६.२५ प्रतिशतले कटौति गरेको हो।

बैंकले व्यक्तिगततर्फ मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ९ प्रतिशत कायम गरेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ २ वर्षभन्दा माथिको अवधिका लागि ९ प्रतिशत ब्याजदर कायम गरेको छ । गत पुस महिनामा यो अवधिका लागि बैंकको ब्याजदर ९.६० प्रतिशत थियो ।

बैंकले संस्थागत तर्फ ६ देखि १ वर्ष मुनिको अवधिका लागि ६.९० प्रतिशत ब्याजदर कायम गरेको छ । गत पुस महिनामा यो अवधिका लागि बैंकको ब्याजदर ७.५० प्रतिशत थियो ।

त्यस्तै बैंकले मुद्दती निक्षेपमा व्यक्तिगतर्फ ३ महिनादेखि ६ महिनाभन्दा कम अवधिका लागि ७.८० प्रतिशत ब्याजदर तोकेको छ । पुस महिनामा यो अवधिका लागि ब्याजदर ८.२५ प्रतिशत थियो ।

बैंकले ६ महिनादेखि १२ महिनाभन्दा तलका लागि ८.३० प्रतिशत,वर्षदेखि २ वर्ष मुनिका लागि ८.८० प्रतिशत र २ वर्षदेखि माथिक लागि ९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

त्यस्तै संस्थागततर्फ १ वर्षभन्दा माथिको मुद्दतस् निक्षेपको ब्याजदर ७ प्रतिशत कायम गरेको छ । बैंकले बचत खातामा न्यूनतम ब्याजदर ४ प्रतिशत कायम गरेको छ ।

प्रकाशित : २७ पुष २०८०, शुक्रबार १३:३९