एनएफआरएस-१७ लागू हुँदा बीमा क्षेत्रप्रतिको अन्तरराष्ट्रिय विश्वास अझ बढ्छ: अध्यक्ष सिलवाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनएफआरएस-१७ लागू हुँदा बीमा क्षेत्रप्रतिको अन्तरराष्ट्रिय विश्वास अझ बढ्छ: अध्यक्ष सिलवाल



काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले एनएफआरएस -१७ लागू हुँदा नेपालको बीमा क्षेत्रप्रतिको अन्तरराष्ट्रिय विश्वास अझ बढ्ने बताएका छन् । नेपाल बीमा प्राधिकरण र लेखामान बोर्ड, नेपालको संयुक्त आयोजनामा काठमाण्डौमा आयोजित ‘नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस)-१७ इन्स्योरेन्स कन्ट्रयाक्ट्स’ विषयक छलफल एवम् अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन्।

साथै उनले यो लागू हुँदा पुनर्बीमा गर्न तथा दाबी भुक्तानी पाउन समेत सहज हुने पनि बताएका छन् । उनले बीमा क्षेत्रमा एनएफआरएस- १७ लागू गर्ने वातावरण बनाउन र क्षमता अभिवृद्धि गर्नका लागि प्राधिकरण, लेखामान बोर्ड, नेपाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्सले आ–आफ्नो जिम्मेवारी बर्गीकरण गरी काम गर्नुपर्ने बताए ।

अध्यक्ष सिलवालले भने, ‘सम्बद्ध नियामक निकायहरू आ–आफ्नो जिम्मेवारी एकीन गरी अगाडि बढेमा यस वर्ष नसकिए पनि अर्को वर्ष पूर्णरूपमा एनएफआरएस-१७ लागू गर्न सकिन्छ, त्यसका लागि वातावरण बनाउनुपर्छ, प्राधिकरण र बीमा कम्पनीहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ ।’

अध्यक्ष सिलवालका अनुसार बीमा प्राधिकरणले आरबीसी र ओर्सा कार्यान्वयन गर्न लागेको छ, त्यसबाट एनएफआरएस-१७ लागू गर्न सहयोग पुग्नेछ । बीमा कम्पनीहरूले पनि एनएफआरएस – १७ लागू गर्ने प्रतिवद्धता देखाएका छन् ।

उनले एनएफआरएस-१७ लागू हुँदाको अवस्थामा करलगायत अन्य नीति कस्तो हुने हो भन्ने सम्बन्धमा सम्बद्ध सरकारी निकायहरूको साझा बुझाई भने आवश्यक रहेको बताए ।

प्रकाशित : २५ पुष २०८०, बुधबार १४:४९