१२ कम्पनीको साधारण सभा बुधबार, यस्ता छन् प्रस्तावहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

मुख्य समाचार

१२ कम्पनीको साधारण सभा बुधबार, यस्ता छन् प्रस्तावहरु



काठमाडौं । १२ ओटा कम्पनीको वार्षिक साधारण सभा पुस २५ गते बुधबार बस्दैछ । नेपाल ल्यूब आयल लिमिटेड, मञ्जुश्री फाइनान्स,रु रु जलविद्युत परियोजना, हिमालयन डिस्टिलरी, लिवर्टी इनर्जी कम्पनीको, हिमालयन हाइड्रोपावर, ङादी ग्रुप पावर, बरुण हाइड्रोपावर कम्पनी, सगरमाथा जलविद्युत कम्पनी,हिमालयम पावर पार्टनर लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र हिमालयन लघुवित्त कम्पनीको साधारण सभा आज छुट्टाछुट्टै बस्ने भएको हो ।

यी मध्ये ४ कम्पनीले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् । बाकी ८ कम्पनीले भने लगानीकर्ताको हात खाली बनाएका छन् ।

नेपाल ल्यूब आयल लिमिटेडको सभा याक प्लालेस, पुल्चोक, ललितपुरमा बिहान ११.३० बजेदेखि सुरु भइसकेको छ । सभामा गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर सहित ५ नगद गरी कुल ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ । सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि रहेका छन् । सभा प्रयोजनका लागि कम्पनीले पुस १० बुक क्लोज गरिसकेको छ ।

मञ्जुश्री फाइनान्सको पनि सभा थापागाउँ ब्यांक्वेट नयाँ बनोश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु भएको छ। सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.२५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यसर्थ, कम्पनीले ७ करोड ११ लाख ३२ हजार रुपैयाँ नगदमा खर्च गर्नेछ । यता, कम्पनीले सभा प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गरिसकेको छ ।

रु रु जलविद्युत परियोजनाको साधारण सभा लिसरा रेसेप्सेन नक्साल काठमाडौंमा बिहान १०.३० बजेबाट सुरु भइसकेको छ । सभाले १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । सभामा गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव छ । चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ ।

हिमालयन डिस्टिलरीको सभा वीरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १०ः३० बजे सुरु भइसकेको छ । यस कम्पनीले गत वर्षको नाफाबाट कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिने प्रस्ताव सभामा पेश गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यसले पुस १३ गते बुक क्लोज गरिसकेको छ ।

लिवर्टी इनर्जी कम्पनीको साधारण सभा अमृतभोग क्याटरर्स, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु भएको छ । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाब लगाएतका सम्बन्धमा छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ । सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव छैन ।

हिमालयन हाइड्रोपावरको सभा वाटरफ्रन्ट रिसोर्ट लेक साइट, पोखरामा बिहान ११ बजे सुरु भएको छ । सभामा गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्ति गर्नछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ ।

ङादी ग्रुप पावरको सभा कुण्डलिनी दरबार ब्यांकेट, काठमाडौंमा बिहान साढे ९ बजेदेखि सुरु भइसकेको छ । कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । ङादीले मर्जर वा एक्वाजिशन सम्बन्धी प्रस्ताव भने सभामा पेश गर्नेछ । सभामा गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ ।

बरुण हाइड्रोपावर कम्पनीको सभा कुण्डलिनी दरबार ब्यांक्वेट चण्डोल काठमाडौंमा बिहान ११ बजेबाट सुरु भएको छ । सभामा कम्पनी गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । चालु आर्थिक वर्ष लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ ।

सगरमाथा जलविद्युत कम्पनीको सभा कुण्डलिनी दरबार ब्यांक्वेट चण्डोल काठमाडौंमा अपरान्ह १ बजेबाट सुरु हुनेछ। सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीबाट १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ। यसले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव अघि सारेको छैन। सभामा कम्पनी गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा छलफल हुनेछ। यस्तै, गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ ।

हिमालयम पावर पार्टनर लिमिटेडको वार्षिक साधारण सभा लैनचौर ब्यांकेट लैनचौरमा बिहान ९ बजेदेखि सुरु भईसकेको छ। हाइड्रोपावरले लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सभा यति इन्भेन्ट्स एन्ड कन्फ्रेन्स सेन्टर बसुन्धारा, काठमाडौंमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । यस कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव पेश गरेको छैन। सभामा साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ।

हिमालयन लघुवित्तको सभा बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यो पटक लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । सभाले सर्वसाधरण सेयरधनीको तर्फबाट १ जना सञ्चालक पनि नियुक्ति गर्ने एजेन्डा रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ ।

प्रकाशित : २५ पुष २०८०, बुधबार १२:११