कुमारी बैंकले माघ २८ गते डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बैंक / वित्त

कुमारी बैंकले माघ २८ गते डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा



काठमाडौं । कुमारी बैंकले २३ औं बार्षिक साधारण सभा गर्ने भएको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैंठकले आगामी माघ २८ गते सभा गर्ने निर्णय गरेको हो ।

सभामा यो वर्ष लाभांश सम्बन्धी कुनैपनि प्रस्ताव छैन् । बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने १२.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । सभा प्रयोजनार्थ बैंकले माघ ९ गते बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, माघ ८ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित : २५ पुष २०८०, बुधबार ११:२७