एनआईबिएल प्रगति फन्डको सूचीकरण खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एनआईबिएल प्रगति फन्डको सूचीकरण खारेज



काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल प्रगति फन्ड” को सूचीकरण खारेज भएको छ । पुस २६ गते परिपक्व हुने भएपछि पुस २४ गतेबाट नेप्सेले उक्त सामूहिक लगानी कोषको कारोबार बन्द गरिदिएको हो ।

२०७३ को कार्तिक २५ गते सञ्चालन अनुमति पाएको उक्त फन्डको सात वर्षे सञ्चालन अवधि रहेको थियो । योजनाले २०७७/७८ मा ५० प्रतिशत, २०७८/७९ मा ४.२ प्रतिशत र २०७९/८० मा ६.८ प्रतिशत गरि सञ्चालन अवधि भर ६१ प्रतिशत लाभांश दिएको थियो । फन्डको अन्तिम नेट एसेट भ्यालु बराबरको सम्पत्ति अब इकाईधनीले फिर्ता पाउनेछन् ।

प्रकाशित : २३ पुष २०८०, सोमबार १५:५९