ग्लोबल आइएमई बैंकको निस्शुल्क स्वास्थ्य शिविर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

ग्लोबल आइएमई बैंकको निस्शुल्क स्वास्थ्य शिविर



काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको अवसरमा मधेश र गण्डकी प्रदेशमा निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मधेश प्रदेशअन्तर्गत सिरहाको सुखीपुर नगरपालिका–८ स्थित सुखीपुर स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा १७० र गण्डकी प्रदेशअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरे आधारभूत विद्यालयमा सञ्चालित शिविरमा १८० जना महिलाको स्वास्थ्य चेकजाँच गरिएको बताइएको छ ।

नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विशेषज्ञले स्त्रीरोगसम्बन्धी विभिन्न सेवा निस्शुल्क रूपमा उपलब्ध गराएका थिए ।

शिविरमा पाठेघरको क्यान्सरको प्रारम्भिक र गम्भीर लक्षण देखिएका बिरामी पहिचान गरिएको छ । उनीहरूलाई दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बताइएको छ ।

प्रकाशित : २३ पुष २०८०, सोमबार १२:२१