काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको सूचना रद्द गरिएको छ । नाम सिफारिस गर्न छनोट तथा सिफारिस समितिले यसअघि गत शुक्रबार प्रकाशन गरिएको दरखास्त आह्वानसम्बन्धी सूचना २१ पुसको निर्णय अनुसार रद्द गरिएको जानकारी दिएको छ ।
समितिले त्रिविकै कुनै एक पदाधिकारीलाई उपकुलपति बनाउने योजनासहित दरखास्तको व्यहोरा राखेर विज्ञापन खोलेको थियो । समितिले उक्त विज्ञापन खोलेपछि चौतर्फी आलोचना भएको थियो । तत् पश्चात् प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनको प्रावधान सच्याउन निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनपछि समितिले प्रकाशित विज्ञापन रद्द गरेको छ। यद्पि समितिले प्रावधान सच्याएको विज्ञापनको सूचना कहिले प्रकाशन गर्ने भन्नेबारे केही बताएको छैन ।
![](https://arthabazar.com/wp-content/uploads/2024/01/011510592tu-radda.jpg)
Comment