भूकम्पपीडितलाई नेपाल बार एसोशिएसनको १७ लाख ८४ हजार सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भूकम्पपीडितलाई नेपाल बार एसोशिएसनको १७ लाख ८४ हजार सहयोग



काठमाडौं । भूकम्प प्रभावितको राहत तथा पुनःस्थापनाका लागि नेपाल बार एसोशिएसनले सहयोग गरेको छ । एसोशिएसनले प्रधानमन्त्री राहत कोषमा १७ लाख ८४ हजार ७९ रुपैयाँ नगद सहयोग गरेको हो।

विभिन्न बार एकाई र कानून व्यवसायीहरुबाट सङ्कलन भएको उक्त रकमकाे चेक बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् । कात्तिक १७ गते शुक्रबार राती ११:४७ बजे कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भएर गएको ६.४ म्याग्नीच्युटको भूकम्पका कारण जाजरकोटका साथै रुकुम पश्चिम लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियाे ।

प्रकाशित : २० पुष २०८०, शुक्रबार १३:०६