११ कम्पनीको वार्षिक साधारण सभा हुँदै, कुन कम्पनीका सेयरधनीलाई कति लाभांश ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

११ कम्पनीको वार्षिक साधारण सभा हुँदै, कुन कम्पनीका सेयरधनीलाई कति लाभांश ?



काठमाडौं । विभिन्न ११ वटा कम्पनीले वार्षिक साधारण सभा डाकेका छन् । पुसमसान्तभित्र सम्पन्न गर्ने गरी इन्फिनिटी लघुवित्त, आत्मनिर्भर लघुवित्त, गणपति लघुवित्त, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, ज्योति विकास बैंक, बीपीडब्लु लघुवित्त, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, गरिमा विकास बैंक, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र सुपर मादी हाइड्रोपावर लगाएत कम्पनीहरुले सभा डाकेका हुन् ।

तीमध्ये, ७ कम्पनीले सेयरधनीहरूको हात खाली गराएका छन् भने ४ कम्पनीले लाभांश पारित सहितका विभिन्न एजेण्डा राख्ने भएका छन् ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा सहमति (संस्था) विजय चोक, नवलपरासीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । त्यस्तै, अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा प्रयोजनार्थ कम्पनीले पुस २० गते बुक क्लोज गर्दैछ। पुस १९ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । संस्थाले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २८ गते घोराही उपमहानगरपालिका-१५, होटेल माला ईन, दाङमा बिहान ११ बजे वार्षिक साधारण सभा डाकेको छ । सभामा संस्थाले कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।सभाले सर्वसाधरण सेयरधनीको तर्फबाट २ जना सञ्चालक पनि नियुक्ति गर्नेछ । गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्दैछ । तसर्थ, पुस १५ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते संस्थाको केन्द्रीय कार्यालय शुक्लागण्डकी न पा-४, दुलेगौंडा, तनहुँमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक नियुक्ति गर्नेछ । गत वर्षको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । त्यस्तै, अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा प्रयोजनार्थ कम्पनीले पुस २० गते बुक क्लोज गर्दैछ । पुस १९ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन्। संस्थाले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद प्रस्ताव सहित पुस २९ गते नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा दिउँसो साढे २ बजे साधारण सभा बोलाएको छ । कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगले स्वीकृति दिईसकेकाले सभामा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ। लाभांश सम्बन्धी भने कुनै प्रस्ताव छैन । सभा प्रयोजनको लागि कम्पनीले पुस १५ गते बुक क्लोज गर्नेछ। यसर्थ, पुस १४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन्।

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले पुस २८ गते सभा गुहेश्वरी भवन, पुल्चोक, ललितपुरमा बिहान ११ बजे साधारण सभा गर्ने भएको छ । सभामा गत वर्षको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । सभाले स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्नेछ । फाइनान्सले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १९ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

ज्योति विकास बैंकले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा गत बर्षको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । बैंकले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभा प्रयोजनका लागि बैंकले १६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १५ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

बीपीडब्लु लघुवित्तले वार्षिक साधारण सभा पुस २९ गते होटल ले बगैचाको सभाहल, जावलाखेल, ललितपुरमा बिहान ११ बजे बोलाएको छ । संस्थाले यस पटक लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । साधारण सभा प्रयोजनका लागि गरिमाले पुस १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १६ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।

मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले पुस २८ गते रोयल दरबार रेष्ट्रो पन्ड भेन्यु प्रा लि, महाराजगंज काठमाडौंमा दिउँसो २ बजे साधारण सभा बोलाएको छ । यस पटक कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १५ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

गरिमा विकास बैंकले बैंकले ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित पुस २९ गते वार्षिक साधारण सभा डाकेको छ। सभा होटल पोखरा ग्राण्ड, बिरौटा पोखरामा पुस २९ गते बिहान ११ बजे सुरु हुनेछ। बैंकको अधिकृत पुँजी ५ अर्ब ७० करोड रुपैयाँ पुर्याउने र अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गनुृपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि रहेका छन् । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि गरिमाले पुस १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १६ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ५.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । त्यस्तै, आर्थिक गत वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि पुस २० गतेदेखि बुक क्लोज गर्ने फाइनान्सले जनाएको छ । तसर्थ, पुस १९ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

सुपर मादी हाइड्रोपावर लिमिटेडले २ प्रतिशत नगद लाभांश ९कर बाहेक० को प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा पनि बोलाएको छ । सभा होटल इम्पेरियल बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले एकै साथ २ आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को साधारण सभा बोलाएको हो । सभामा लाभांश प्रस्ताव पेश हुनेछ । आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ। आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्नेछ । यसर्थ, पुस १६ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ८ पुष २०८०, आईतवार १७:११