१४ किलो सुन तस्करी प्रकरण : छानबिन गर्न समिति गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

१४ किलो सुन तस्करी प्रकरण : छानबिन गर्न समिति गठन



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद अन्दाजी १४ किलो सुन छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । बरामद १४ किलो सुनका विषयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको गरेको हो ।

प्रमुख भन्सार अधिकृत मनिराम पौडेल संयोजक रहेको उक्त समितिमा सूर्यप्रकाश सुवेदी, प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, लोकराज ढुंगाना र मञ्जु थापा रहेका छन् । गएराति दुबईबाट नेपाल आएका गोरखाका चन्द्र घलेको साथबाट अन्दाजी १४ किलो सुन बरामद भएको थियो । उनको बयानको आधारमा गोरखाकै मीनबहादुर घलेलाई पनि पक्राउ गरिएको छ ।

प्रकाशित : २२ मंसिर २०८०, शुक्रबार १४:२७