सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सस्तो मुल्यमै ५.३३ लाख कित्ता संस्थापक सेयर बेच्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सस्तो मुल्यमै ५.३३ लाख कित्ता संस्थापक सेयर बेच्दै



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्सुरेन्सले मंसिर २२ गते देखि ५ लाख ३३ हजार ८६५ कित्ता संस्थापक सेयर विक्रिमा राखेको छ । यस सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम २२० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसमा मंसिर २८ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

प्रकाशित : २२ मंसिर २०८०, शुक्रबार १२:५२