नेप्से परिसूचक १०.१० अंकले घट्दा, एक कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक १०.१० अंकले घट्दा, एक कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट



काठमाडौं । नेप्से परिसूचक मंगलबार पनि दोहोरो अंकले ओरालो लागेको छ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १०.१० अंक घटेर १८३७.७१ विन्दुमा झरेको हो। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंक घटेर बन्द भएको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन एक अर्ब १९ करोडको कारोबार भएको बजारमा आज २९२ कम्पनीको ४६ लाख ९८ हजार कित्ता सेयर किनबेच हुदाँ एकअर्ब ५४ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

कारोबारमा आज जीवन बीमा समूहको उपसूचक १६.९३ अंकले बढेको छ भने बाकी सबै समूहको उपसूचक राताम्मे भएका छन् । जसमा बैंकिङ समूहको २.७४, विकास बैंक १५.०१, वित्त १३.१८, निर्जीबन बीमा ४२.०३, होटल ८७.९१, जलविद्युत ११.७३, उत्पादन तथा प्रशोधन १२४.५६, माइक्रोफाइनान्स २९.९१, अन्य समूहको उपसूचक ६.९८ अंकले घटेको छ ।

कारोबारमा सिंगटी हाइड्रो इनर्जीको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, सिभिल बैंक ऋणपत्रका लगानीकर्ताले पनि कमाएका छन् । आज विशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा माउन्टेन इनर्जी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ३६ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : १९ मंसिर २०८०, मंगलवार १५:३९