तारागाँउ रिजेन्सीको सेयर कारोबार फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

तारागाँउ रिजेन्सीको सेयर कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको सेयर कारोबार मंगलबारदेखि फुकुवा गरेको छ । मानवीय त्रुटीका कारण समयमै सूचना प्रशारण गर्न नसकेको स्पष्टीकरण पेश गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धतापछि नेप्सेले सेयर कारोबार खुला गरेको हो ।

कम्पनीले धितोपत्र मूल्य संवेदनशील निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले सोमबार सेयर कारोबार रोक्का गरेको थियो । कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको थियो ।

कम्पनीले मंसिर १६ गते सञ्चालक समितिको बैठक बसेर गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । यद्दपि, उक्त निर्णय मंसिर १७ गते बेलुका ५ः१५ बजे मात्र जानकारी गराएपछि नेप्सेले स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित : १९ मंसिर २०८०, मंगलवार १२:४१