नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल नियुक्त



काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल नियुक्त भएका छन् । गत मंसिर १३ गतेको मन्त्रिपरिषदको बैठकले डा. भुसाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

डा. भुसाल ४ वर्षे कार्यकालको लागि अध्यक्षमा नियुक्त भएका हुन् । यसअघि काउन्सिलको अध्यक्ष डा.भगवान कोइराला थिए । उनको कार्यकाल सकिएपछि भुसाललाई अध्यक्षमा नियुक्त गरिएको हो । डा.भुुसालले अध्यक्ष पदको कार्यभार सम्हाल्नको लागि पत्रसमेत बुझिसकेका छन् ।

प्रकाशित : १८ मंसिर २०८०, सोमबार १७:०१