तारागाउँ रिजेन्सी होटल्सको सेयर कारोबार रोक्का, यस्तो छ कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

तारागाउँ रिजेन्सी होटल्सको सेयर कारोबार रोक्का, यस्तो छ कारण



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले तारागाउँ रिजेन्सी होटल्सको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले होटल्ससँग तीन दिने स्पष्टिकरण माग्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो ।

होटल्सले बोनस सेयर जारी गर्ने निर्णय नेप्सेलाई ढिला जानकारी गराएको भन्दै नेप्सेले कारवाही स्वरुप कम्पनीको सेयर कारोबार रोकिदिएको हो । यससँगै कम्पनीले मंसिर २० गते बुधबारभित्रमा नेप्सेलाई स्पष्टिकरण दिइसक्नु पर्ने हुन्छ ।

कम्पनीको मंसिर १६ गते बसेको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत लाभांश जारी गर्ने निर्णय गरेको थियो । जसको जानकारी नेप्सेलाई मंसिर १७ गते बेलुका मात्रै उपलब्ध गराएको नेप्सेले जनाएको छ ।

यससँगै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२९१० मा भएको व्यवस्था बमोजिम धितोपत्रको मूल्यमा प्रभाव पार्ने निर्णय वा सूचना नेप्सेलाई जानकारी सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नै सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने उल्लेख छ ।

प्रकाशित : १८ मंसिर २०८०, सोमबार १२:४३