फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । गत वर्ष यसले १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : १४ मंसिर २०८०, बिहीबार १२:३१