सुनको मूल्य हाल सम्मकै उच्च, तोलाको कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य हाल सम्मकै उच्च, तोलाको कति पुग्यो ?



काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य आज हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनव्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर एक लाख १७ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख १७ हजार १५० रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार ९मंसिर ११ गते० छापावाल सुन तोलाको एक लाख १७ हजार ४०० रुपैयाँमा र तेजावी सुनको भाउ तोलाको एक लाख १६ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो ।

सोमबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो । मंगलबार उक्त रेकर्ड पनि ब्रेक भएको हो । यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १५ सय रुपैयाँ कायम रहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

प्रकाशित : १२ मंसिर २०८०, मंगलवार १२:१८