सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम उत्पादनमा लगानी गर्नुपर्छ : अध्यक्ष ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम उत्पादनमा लगानी गर्नुपर्छ : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा संकलन भएको रकमलाई उत्पादनमा लगानी गर्नुपर्ने बताए । सामाजिक सुरक्षा कोषको छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले भने, ‘सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको संख्या बढ्दैछ, हाल यस्तो कोषमा ४५ अर्ब फण्ड संकलन भएको छ । अब उक्त फण्डलाई बैंकमा राखेर ब्याज खानुभन्दा उत्पादनमा लगानी गर्नुपर्छ’।

यसका लागि सरकारलाई कार्यविधि बनाउन अध्यक्ष ढकालले आग्रह समेत गरेका छन् । त्यसैगरी उनले आगामी दिनमा कोषले अनलाइनबाटै सहज रुपमा कर्जा पाउने व्यवस्था गनुपर्ने बताए । ‘वैदेशिक रोजगारीमा जानेहरू गाउँघरमा उच्च ब्याजमा ऋण लिएर विदेश जान्छन्, त्यसका लागि कोषले अनलाइनबाटै सहज रुपमा कर्जा पाउने व्यवस्था हुनुपर्छ, ढकालले भने ।

प्रकाशित : ११ मंसिर २०८०, सोमबार १४:५३