सिनर्जी पावरको लिलामी सेयर बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिनर्जी पावरको लिलामी सेयर बाँडफाँट



काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ५ लाख ६३ हजार २६१ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो ।

जसमा न्यूनतम १४२ रुपैयाँ ६० पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यसअघि कम्पनीले भदौ ३ गतेदेखि ३१ गतेसम्म ४० लाख ३२ हजार ८७५ कित्ता ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

सो अवधिमा कम्पनीले बिक्री नभएको सर्वसाधारण समूहको सेयर कम्पनीले कात्तिक १ गतेदेखि कात्तिक १५ गतेसम्म लिलामीमा ल्याएको हो ।

प्रकाशित : ७ मंसिर २०८०, बिहीबार ११:०७