दोहोरो अंकले उकालो लाग्यो सेयर बजार, जलविद्युत र होटल समूहमा लगानीकर्ताको आकर्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दोहोरो अंकले उकालो लाग्यो सेयर बजार, जलविद्युत र होटल समूहमा लगानीकर्ताको आकर्षण



काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर उकालो लागेको छ । आज बजार २०.६७ अंक बढेर १८५०.३३ विन्दुमा पुगेको हो। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१५ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स १.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंक बढेको छ।

आज २९४ कम्पनीको ४२ लाख १३ हजार कित्ता सेयर किनबेच हुदाँ एक अर्ब आठ करोड ७० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। बुधबार १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ।

आज बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन पञ्चकन्या माइ हाइड्रोपावर, माथिल्लो मैलुङ्ग खोला जलविद्युत, थ्रिस्टार हाइड्रोपावर र पिपुल्स हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सयपत्री हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज सोनापुर सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज १० करोड ७६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : ६ मंसिर २०८०, बुधबार १५:३६