नेप्से झिनो अंकले बढ्याे, काराेबार रकममा पनि सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से झिनो अंकले बढ्याे, काराेबार रकममा पनि सुधार



काठमाडौं । तिहार पछिको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंक बढेर उकालो लागेको छ । आज नेप्से परिसूचक १.३९ अंक बढेर १८५३.४८ विन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१० अंक बढेको छ।

आज कारोबार रकम पनि बढेको छ। तिहार अघि एक अर्ब भन्दा तल सेयर कारोबार भइरहेको बजारमा आज २८४ कम्पनीको एक अर्ब नौं करोड ९३ लाख रुपैयाँ बराबरको ३३ लाख १९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज ग्लोबल आइएमई लघुवित्त र कर्णाली डेभलपमेन्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साथै, आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, सयपत्री हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज सात करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : ४ मंसिर २०८०, सोमबार १५:५२