एशियन मुलुकका बैंकका सीईओहरुलाई कृषि र जलविद्युतमा लगानी गर्न अर्थमन्त्रीको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एशियन मुलुकका बैंकका सीईओहरुलाई कृषि र जलविद्युतमा लगानी गर्न अर्थमन्त्रीको आग्रह



काठमाडाैं । अअर्थमन्त्री डा. प्रकाश शरण महतले एशियन मुलुकका बैंकका सीईओहरुलाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । एसिएन बैंकर्स एसोशिएसन र नेपाल बैंकर्स एसोशिएसनले संयुक्तरूपमा आयोजना गरेको एबिए ३१औँ सम्म्लनमा बोल्दै अर्थमन्त्री डा.महतले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने बताएका हुन् ।

भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सम्झौता गरेकोले नेपाल र विदेशका लगानीकर्ताको लगानीको लागि यो एउटा सुनौलो अवसर भएको उनले उल्लेख गरे । साथै उनले लगानी सहज बनाउनका लागि सम्पूर्ण कानुनी तथा अन्य संरचना नेपाल सरकारले बनाईसकेकोले उनले नेपालमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरे ।

अन्तराष्ट्रिय परिस्थितिलाई हेरेर नेपाल राष्ट्र बैंकले कडा नीति लिएको भए पनि अब मौद्रिक नीति खुकुलो बनाउने बेला भएको उनले बताए । तेस्तै, मूल्य वृद्धि बढेकोले ब्याज बढाउने काम भए पनि यसले लगानीकर्ताको आत्मविश्वास घटाएको बताउदै उनले अब बोल्ड निर्णय गर्नु पर्ने बताए ।

नेपालले अन्तराष्ट्रिय अभ्यासलाइ पछ्याउदै डिजिटल इकोनोमीलाई बढावा दिएको बताउदै मन्त्री महतले डिजिटल कारोबारलाई थप सुरक्षित बनाउने तर्फ ध्यान दिन सुझाव दिए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले नेपालको उद्योगी व्यवसायीलाई संरक्षण र प्रबर्दन गर्ने गरि नीति बनाएको बताएका छन।

उनले भने, ‘राष्ट्र बैंकले नेपालको उद्योग व्यवसायीलाई संरक्षण र प्रबर्दन गर्ने गरि नीति बनाएकोले नेपालका बैंकले राष्ट्र बैंकको नीति समर्थन गरेकका छन । ‘

तेस्तै, उनले अन्तराष्ट्रिय आर्थिक कठिनाईबाट नेपाल पनि अछुतो नरहेको भन्दै अन्य देशमा जस्तो समस्या एशियामा नदेखिएको उनले बताए । उनले भने ‘अन्तराष्ट्रिय आर्थिक कठिनाईबाट नेपाल पनि अछुतो छैन, अन्तराष्ट्रिय बैंकहरु कोभिडबाट प्रभावित भएका छन्, अमेरिकाका केहि बैंक बन्द भएका थिए, तर एशियामा यो अवस्था आएन’।

नेपालले कुल जीडीपीको ९० प्रतिशत कर्जा लगानी गरेको जानकारी गराउंदै उनले नेपालले समय सान्दर्भिक नीति लिएको बताए ।

बढ्दो मुद्रास्फीति विश्वसंगै नेपालको पनि समस्या रहेको बताउदै गभर्नर अधिकारीले बढ्दो मुद्रास्फीतिले गर्दा ब्याजदर बढेको र खराब कर्जा बढ्न गएको बताए । एशियाका बैंकहरुले यसलाई ध्यानमा राख्नु पर्ने बताए ।

प्रकाशित : २३ कार्तिक २०८०, बिहीबार १२:४२