सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १५ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार ४५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४०५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : २१ कार्तिक २०८०, मंगलवार ११:४७