सेयर बजारमा दोहोरो अंकको सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंकको सुधार



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार २१.३० अंक बढेर १८४७.५४ विन्दुमा पुगेको हो। आज सेन्सेटिभ इण्डेक्स ३.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ प्रतिशत बढेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ। अघिल्लो कारोबार दिन ९७ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा आज २८३ कम्पनीको ९३ करोड ८९ लाख २९ हजार रुपैयाँ बराबरको ३५ लाख ५५ हजार कित्ता सेयर कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। होटलको आज छ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज हाथवे इन्भेष्टमेन्ट र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज लक्ष्मी लघुवित्तको सेयरमूल्य भने सर्वाधिक घटेको छ।

प्रकाशित : २० कार्तिक २०८०, सोमबार १५:५८