पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य, कति पर्छ तोलामा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य, कति पर्छ तोलामा ?



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज पाँच सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १५ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार ८५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४१५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : २० कार्तिक २०८०, सोमबार १३:२६