सेयर बजारमा दोहोरो अंककाे गिरावट, ९७ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंककाे गिरावट, ९७ करोडको कारोबार



काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज बजार २१.४६ अंक घटेर १८२६.२३ विन्दुमा झरेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ५.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक घटेको छ।

आज २८९ कम्पनीको ३५ लाख ५८ हजार कित्ता सेयर किनबेच हुदाँ ९७ करोड २३ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको भएको छ। कारोबारमा होटल समूहको उपसूचक १८.७५ अंक बढेको छ भने अन्य सबै समूहको उपसूचक राताम्मे बनेको छ ।

बैंकिङ समूहको १७.८२, विकास बैंक ५८.६८, वित्त १७.३४, जलविद्युत २१.५५, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ६४.६९, जीवन बीमा ६५.३५, माइक्रोफाइनान्स ३४.१५, निर्जीबन बीमा ११२.१८, अन्य समूहको उपसूचक १०.५२ र ट्रेडिङ समूहको उपसूचक ५५.०१ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा आज नबिल बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। यस बैंकको आज चार करोड ६० लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ। आज कारोबार भएको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक बढेको छ । साथै, कारोबारमा आएको हिमालयन लघुवित्तको सेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

प्रकाशित : १९ कार्तिक २०८०, आईतवार १५:३६