इलामको रोङ गाउँपालिका स्वास्थ्य क्षेत्रको सुधारमा उत्कृष्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

इलामको रोङ गाउँपालिका स्वास्थ्य क्षेत्रको सुधारमा उत्कृष्ट



इलाम । इलामको रोङ गाउँपालिका स्वास्थ्य क्षेत्रको सुधारमा उत्कृष्ट काम गरेपछि दश पालिका मध्ये प्रथम स्थानमा उक्लिएको छ । कर्तिक १४ र १५ गते सम्पन्न इलाम जिल्ला स्तरीय समीक्षा कार्यक्रममा गरिएको मूल्याङ्कनका बिभिन्न पैँतीस सूचकहरू र पालिकाहरूले गरेको फरक नविनतम् कामको आधारमा मूल्याङ्कन अनुसार रोङले पहिलो स्थान हासिल गरेको हो ।

इलाम जिल्लाका १० वटा स्थानीय तहहरू मध्ये प्रथम स्थान हासिल गर्ने स्थानीय तहको रुपमा रोङ गाउँपालिका पहिलो, सूर्योदय नगरपालिका दोस्रो र सन्दकपुर गाउँपालिका तेस्रो भएको पालिका अध्यक्ष मनिकुमार स्याङबो सुबासले जानकारी दिए ।

रोङलाई उत्कृष्ट बनाउन स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेको कुशल नेतृत्व र सम्पूर्ण स्वास्थ्यकर्मीको मेहेनतको उच्च कदर गर्दै अध्यक्ष स्याङबोले धन्यवाद ज्ञापन गरेका छन् । रोङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेका अनुसार ०७७ सालमा दशौं स्थानमा रहेको पालिका सबै स्वास्थ्यकर्मी एवम कर्मचारीहरुबीचको सहकार्य र मेहेनतले सफलता मिलेको हो ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७९/८०को लक्ष्य अनुसार काम गर्दा स्थानीय तहबाट सम्पादित स्वास्थ्यका सम्पूर्ण कार्यक्रमहरुको बार्षिक प्रगति समीक्षाका आधारमा मुल्याकन गर्दा,’ यस्तो सफलता मिलेको हो,’दाहालले भने,‘कामका दौरानमा शर्शत अनुदान र स्थानीय तहबाट विनियोजित बजेटको ९८ प्रतिशत खर्च गरी काम सम्पन्न भएको, नवीनतम कामहरु अघि बढाएको, स्वास्थ्य डाटा चुस्त, दुरुस्त र पारदर्शी राखेको, प्रविधिमैत्री बनेर काम गरेकोलगायतका कार्यक्रमहरु सम्पन्न गर्दा आफूहरुलाई सफलता मिलेको हो ।’

प्रकाशित : १७ कार्तिक २०८०, शुक्रबार १६:४८