तोलामा २०० रुपैयाँले बढ्यो सुनको मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा २०० रुपैयाँले बढ्यो सुनको मुल्य



काठमाडौं। नेपाली बजारमा सुनको मुल्यमा घटबढ हुने क्रम जारी रहेको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला एक लाख १५ हजार ९०० रुपैयाँ पुगेको छ भने, तेजाबी सुनको मुल्य प्रतितोला एक लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मुल्यमा गत सोमबारदेखि लगातार गिरावट आएको थियो। यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले घटेर एक हजार ३९० रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : 3 November, 2023 11:28 am