बेरोजगार हुनुहुन्छ ? थोरै लगानीमा यी व्यवसाय सुरु गर्नुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

बेरोजगार हुनुहुन्छ ? थोरै लगानीमा यी व्यवसाय सुरु गर्नुस्



तपाई आफ्नै केहि ब्यापार/ब्यबसाय सुरु गर्न चाहनुहुन्छ ? के तपाइँसँग लगानीको कमी छ ? त्यसो भए तपाइ कतिपय पाठकहरुलाई यो टिप्स निकै उपयोगी हुनसक्छ । यसको लागि तपाईलाई आफ्नो स्किलको बिकास गर्नु अपरिहार्य हुन्छ । आफ्नो बिजनेस सुरु गर्नु अघि तपाइले आफ्नो रुचिको फिल्ड रोज्नुहोस । तपाइँ तपाइको सोकलाई नै बिजनेस बनाउनु हुन्छ भने उक्त काममा तपाइँ सफल पनि बन्नुहुनेछ ।

कम लगानीमा कस्ता ब्यबसाय गर्न उपयुक्त हुन्छ तल हेर्नुहोस:

१. फोटोग्राफर

फोटोग्राफर बन्नको लागि तपाइको साथमा एक थान क्यामेरा भए पुग्छ । बजारमा अहिले कम्तिमा ४० हजारमा राम्रै क्यामेरा पाउन सकिन्छ । अझ तपाईसँग एक/डेढ लाख लगानी छ भने त अझै तपाइको रेट बढ्न सक्छ । जति राम्रो क्यामेरा हुन्छ त्यतिनै तपाइले राम्रो रेट पाउनुहुन्छ । मानिसको पारिवारिक बिशेष कार्यक्रम, बिबाह, पार्टीमा तपाइले फोटोग्राफ तथा भिडियो खिचेर सेवा गर्न सक्नुहुन्छ । तपाइँ जति धेरै कार्यक्रममा आफ्नो सेवा दिनुहुन्छ त्यतिनै धेरै मानिसले तपाईलाई बिशेष कार्यक्रममा बोलाउछन् । यस्तो काम गरेबापत एकै कार्यक्रममा सहभागि कम्तिमा एक हजारभन्दा बढी कमाउन सकिन्छ । कुनैपनि कार्यक्रमलाई अविस्मणीय पार्न फोटोग्राफीको आवश्यकता पर्छ ।

२. ट्रान्सलेशन

आज संसारभर यस्ता कम्पनी छन् जसले अनलाइन मार्फत ट्रान्सलेशनको काम गर्छ । त्यस्ता केहि कम्पनीले तपाईलाई पनि ट्रान्स्लेटको काम दिन सक्छन । तपाइले घण्टा वा शब्द अनुसारको पैसा कमाउन सक्नुहुन्छ । यदी तपाइको अंग्रेजी राम्रो छ भने तपाइले अनलाइनमा राम्रो आम्दानी गर्न सक्नुहुन्छ । यस्ता कामको लागि तपाइको क्षमता अनुसार घण्टाको कम्तिमा २ डलर भन्दा बढी कमाउन सक्नुहुन्छ ।

३. आइसक्रीम पार्लर

आइस क्रीम पार्लर सुरु गर्नको लागि धेरै लगानी गर्नु पर्दैन । यसको लागि एउटा फ्रीज किन्नुपर्छ । ४० हजारभन्दा सस्तो लगानीमा फ्रिज र १०/२० हजारमा आइसक्रिम किनेर ब्यबसाय सुरु गर्न सकिन्छ ।

४. इलेक्ट्रीसियन

इलेक्ट्रीसियनको काम सिक्नुस र सेवा दिनुस । बिग्रेका बिद्युतबाट चल्ने सामानहरु बनाउनुस, तपाई यो क्षेत्रमा जति धेरै काम गर्नुहुन्छ त्यतिनै फाइदा कमाउन सक्नुहुन्छ ।

५. सवारी साधन मर्मत सेवा (ग्यारेज)

तपाइँसँग सवारी मर्मत सम्बन्धि ज्ञान छ भने ग्यारेज संचालन गर्नु राम्रो हुन्छ । यो क्षेत्रमा काम गर्दा नयाँ तथा पुराना सवारी बिक्रिको कमिसन तथा मर्मत तथा पार्ट्स बेचेर निकै लाभ लिन सकिन्छ ।

६. ड्राइभिंग सेवा

तपाइँसँग ड्राइभिङ सम्बन्धि ज्ञान छ भने यो काम सुरु गर्नुस। खाली जग्गा भाडामा लिएर तपाइँले यो काम गर्न सक्नुहुन्छ। ५-१० लाख लगानी गरेर फाइनान्स सेवाबाट पुरानो मोटरसाइकल तथा गाडी किन्नुस अनि यो काम सुरु गर्नुस। यो ब्यबसाय गर्न अलि लगानी बढी लागे पनि कमाई भने दैनिक ५ हजार भन्दा बढी हुन्छ। अहिले मोटरसाइकलको ट्रायल दिनको लागि तपाइको कम्पाउण्डको निकै प्रयोग हुन सक्छ। एजेन्सी

 

प्रकाशित : १८ फाल्गुन २०७३, बुधबार ०४:५७