दोहोरो अंकले घट्याे सेयर बजार, कारोबार रकममा भने क्रमिक सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दोहोरो अंकले घट्याे सेयर बजार, कारोबार रकममा भने क्रमिक सुधार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज बजार १०.८६ अंकले घटेर परिसूचक १८४७.७० बिन्दुमा रोकिएको हो ।

आज बजारमा दोहोरो अंकले गिरावट आएको भएपनि कारोबार रकम भने केही बढेको छ । २८१ कम्पनीको ३७ लाख ४९ हजार ९५४ कित्ता सेयर किनबेच हुदाँ ९६ करोड ४४ लाख ७७ हजार ७११ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे बनेको छ । बैंकिङ समूहको १०.५०, विकास बैंक १२.९०, वित्त १७.१६, जलविद्युत २१.५६, जीवन बीमा ३७.८०, माइक्रोफाइनान्स २५.४६, निर्जीबन बीमा ९०.७६, अन्य समूहको उपसूचक ८१.८७ अंकले घटेको छ । कारोबारमा होटल समूहको उपसूचक १९८.५९ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक ३.६८ अंकले बढेको छ ।

कारोबारमा चन्द्रागिरी हिल्स, हिमालयन लघुवित्त वित्तीय संस्था, सोल्टी होटलका लगानीकर्ताले कमाएका छन् भने सयपत्री हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आशा लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको छ । कम्पनीको १० करोड १० लाख १० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १६ कार्तिक २०८०, बिहीबार १५:४८