मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट



काठमाडौं । मिर्मिरे लघुवित्तको एफपीओ कात्तिक १६ गते बिहीबार बाँडफाँट भएको छ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो एफपीओ बाँडफाँट भएको हो।

यसमा गोलाप्रथामार्फत १२ हजार ३८१ जनाले सेयर हात पारेका छन् । जसमध्ये ६ जनाले ११ कित्ता भने एक जनाले १०.४५ कित्ता सेयर पाएका छन् । बाँकी १२ हजार ३७४ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

यो एफपीओका लागि कुल १३ लाख २१ हजार ५२६ जनाले आवेदन दिएकामा १३ लाख २० हजार २०३ जनाको आवेदन मात्र स्वीकृत भएको थियो ।

मिर्मिरेले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरो सेयर एकाउन्टबाट एफपीओ नतिजा हेर्न सक्नेछन् । साथै, र्मििर्मरे लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ ।

प्रकाशित : १६ कार्तिक २०८०, बिहीबार १०:५४