काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । आज बजार ५.८३ अंक घटेर १८५८.५६ विन्दुमा झरेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंक घटेको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन ५७ करोडको सेयर कारोबार भएको बजारमा आज २९६ कम्पनीको ३३ लाख ६४ हजार कित्ता सेयर किनबेच हुदाँ ८१ करोड २० लाख ८९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
बुधबार सयपत्री हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढेको छ । साथै, कारोबारमा आएको सोनापुर मिनरल्सको सेयरमूल्य भने आज सर्वाधिक घटेको छ। कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १४ करोड ६० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।





Comment