सेबोनले बैंकको मुद्दतीमा लगानी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सेबोनले बैंकको मुद्दतीमा लगानी गर्ने



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेर ब्याज आर्जन गर्ने भएको छ । सेबोनले बुधबार सूचना प्रकाशन गरी बोर्डमा रहेको लगानी योग्य रकमलाई वाणिज्य बैंकहरुको मुद्दती खातामा लगानी गरेर ब्याज आम्दानी गर्ने जनाएको हो ।

बोर्डमा रहेको लगानी योग्य रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७’ को अधिनमा रही मुद्दती खातामा लगानी गर्ने सेबोनले जनाएको छ ।

आफूले दिन सक्ने एक वर्षे ब्याजदर सहित इच्छुक ‘क’ वर्गका वाणिज्य बैंकले अबको ५ दिन अर्थात् कात्तिक १९ गते कार्यालय समयभन्दा एक घन्टा अगाडि योग्यता खुल्ने आवश्यक कागजातसहित ब्याजदर प्रस्ताव गर्न सेबोनले आग्रह गरेको छ ।

प्राप्त शिलबन्दी प्रस्तावहरु कात्तिक १९ गते अपरान्ह ४ः१५ बजे ललितपुरको खुमलटारस्थित सेबोनको कार्यालयमा खोलिने सेबोनले जानकारी दिएको छ ।

प्रकाशित : १५ कार्तिक २०८०, बुधबार १२:३७