सुनकाे मुल्य घट्याे, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मुल्य घट्याे, कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले घटेर एक लाख १५ हजार रुपैयाँ कायम भएको हो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख १४ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । यसअघि मंगलबार छापावाल सुन एक लाख १६ हजार रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको मुल्य तोलाको एक लाख १५ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो । बुधबार चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँले घटेर तोलाको १३ सय ८५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मुल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : १५ कार्तिक २०८०, बुधबार ११:५३