ओटीसी बजारमा एक अर्ब ७१ करोडको कारोबार, सबैभन्दा बढी मुल्य कुन कम्पनीको ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ओटीसी बजारमा एक अर्ब ७१ करोडको कारोबार, सबैभन्दा बढी मुल्य कुन कम्पनीको ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल स्टक एक्सचेन्ज नेप्सेको ओटीसी बजार मार्फत एक अर्ब ७१ करोड बढीको कारोबार भएको छ। नेप्सेका अनुसार २९ पटक गरि कुल एक अर्ब ७१ करोड ६ लाख ६८ हजार ७ सय ४० रुपैयाँको कारोबार भएको हो ।

यस अवधिमा ओटीसी बजारमा कारोबार भएका कम्पनी मध्ये वल्डलिंक कम्युनिकेशनको सेयर मूल्य सबैभन्दा धेरै महँगो रहेको छ । कम्पनीको सेयर प्रति कित्ता नौं हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको १३ हजार ३ सय ९२ कित्ता सेयर कारोबार भएको हो ।

ओटीसी बजारमा कारोबार हुने अन्य कम्पनीहरुमा आइएमई डिजिटल सोलुसन, बिओके क्यापिटल , मुक्तिनाथ कृषि कम्पनी, बन्दीपुर् केवलकार, अन्नपूर्ण केवलकार, गरिमा क्यापिटल , काठमाडौँ मेडिकल कलेज लगायत रहेका छन् ।

सेयर बजारमा सुचिकृत नभएका कम्पनीहरुको सेयर कारोबार नेप्सेको ओटीसी बजार मार्फत हुने गरेको छ ।

ओटीसी बजार मार्फत कारोबार भएका कम्पनीहरु :

प्रकाशित : १४ कार्तिक २०८०, मंगलवार १७:२४