सेयर बजारमा झिनो अंकको सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा झिनो अंकको सुधार



काठमाडौं । दशैं पछिको दोस्रो कारोबार दिन सोमबार सेयर बजार अन्तिम समयमा आएर सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३.०४ अंक बढेर १८७८.७० विन्दुमा पुगेको हो ।

सोमबार नेप्सेमा सामान्य सुधार देखिएतापनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन ७४ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज २८७ कम्पनीको २८ लाख २४ हजार ७ कित्ता सेयर ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँको सेयर किनेबच भएको छ ।

आज बैंकिङ समूहको उपसूचक ०.५८, विकास बैंक २७.०४, वित्त १३.१२, जलविद्युत ४.२०, जीवन बीमा १२.८३, माइक्रोफाइनान्स २.९८, निर्जीबन बीमा ८३.२१ अंकले बढेको छ । कारोबारमा होटल २०.१०, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ४०.४२ अंकले घटेको छ ।

आज पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढेको छ भने सोनापुर मिनरल्सको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा आज साधना लघुवित्तको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। लघुवित्तको आज तीन करोड ६० लाख रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : १३ कार्तिक २०८०, सोमबार १६:०६