दैनिक नयाँ कीर्तिमान बनाउँदै सुनको मुल्य, तोलाको कति पुग्यो? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

दैनिक नयाँ कीर्तिमान बनाउँदै सुनको मुल्य, तोलाको कति पुग्यो?



काठमाडौं। सुनको मुल्यले दैनिक नयाँ कीर्तिमान बनाउन थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मुल्य तोलामा एक हजार रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला एक लाख १७ हजार रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला एक लाख १६ हजार ४५० रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो।

गत शुक्रबार पनि छापावाल सुनको मुल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला एक लाख १५ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो। जुन यसअघिको उच्च हो।

आज चाँदीको मुल्इ पनि तोलामा १५ रुपैयाँले बढेर एक हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा पाँच रुपैयाँले बढेर चाँदी एक हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : 29 October, 2023 11:27 am