सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला मूल्य एक लाख १६ हजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला मूल्य एक लाख १६ हजार



काठमाडौं । शुक्रबार सुनको मूल्यले नयाँ उचाई छोएको छ। दसैँ अघिको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज छापावाल सुनको मूल्य ५०० रुपैयाँले बृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १० कार्तिक २०८०, शुक्रबार १३:४०