मुक्तिनाथ कृषि कम्पनीको आइपीओ निष्काशन, कति दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ निष्काशन, कति दिने आवेदन ?



काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले शुक्रबारदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसको १० प्रतिशत अर्थात् एक करोड ४० लाख रुपैयाँ बराबरको एक लाख ४० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको हो ।

कम्पनीले प्रतिकित्ता एक सय अंकित मूल्यमा आइपीओ बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । आइपीओमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

प्रकाशित : १० कार्तिक २०८०, शुक्रबार १०:३८