आर्थिक पत्रकार सागर घिमिरेकाे  निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थतन्त्र

आर्थिक पत्रकार सागर घिमिरेकाे  निधन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । आर्थिक पत्रकार सागर घिमिरेको निधन भएको छ। शुक्रवार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरे।

मुटुमा समस्या देखिएपछि उनी बिहीबार अस्पताल भर्ना भएका थिए। डिस्चार्ज भएका उनको स्वास्थ्यमा पुन समस्या शुक्रवार देखिएपछि अस्पताल लगिएको थियो।

उनी न्यु बिजनेस एज, रिपब्लिका दैनिक हुँदै हाल अन्तर्राष्ट्रिय मिडिया एजेन्सी एएफपीमा कार्यरत थिए।  
उनी आर्थिक पत्रकार समाज ,नेपाल ( सेजन) र सहकारी पत्रकार समाज (सिजेएन)का सदस्य थिए । उनी सिजेएनकाे पहिलाे राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित समेत भएका थिए ।

प्रकाशित : ३ कार्तिक २०८०, शुक्रबार २०:३७ 20 October, 2023 8:37 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।